Shikhar Insurance

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २५, मंगलवार २०:३५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम तिम्सिना ढुंगाना र बम बहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कार्यकारी निर्देशकद्धय ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको हो । डेपुटी नियुक्त दुबै जना झापाली हुन् ।

ढुंगाना तेश्रो नम्बरकी कार्यकारी निर्देशकका रुपमा सार्वजनिक ऋण व्यवस्थापन विभागको प्रमुख थिइन भने मिश्रले १३ नम्बरको कार्यकारी निर्देशकका रुपमा विदेशी विनियम व्यवस्थापन विभागको नेतृत्व गरिरहेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

ुढुंगानाले नेपाल राष्ट्र बैंकको इतिहासमा पहिलो महिला डेपुटी गभर्नर बन्ने अवसर प्राप्त गरिन् । उनले २०५४ मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर शुरु गरेकी थिइन् । व्यवस्थापनमा विद्यावारिधी गरेकी ढुंगाना २०७४ साल फागुन २५ गते राष्ट्र बैंकको कार्यकारी निर्देशक बनेकी थिइन।

उता मिश्र भने राष्ट्र बैंकमा छोटो अवधीमै कार्यकारी बन्ने अवसर पाएका भाग्यमानी हुन् । २०५९ साल साउन गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका मिश्रले ०७६ साउन २३ गते कार्यकारी निर्देशकमा बढुवा हुने अवसर पाएका थिए । मिश्रले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर र कानूनमा एलएलबीसम्मको अध्ययन गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्