Shikhar Insurance

ज्योति लाइफको आईपीओमा आवेदकको संख्या १६ लाख नाघ्यो

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २५, मंगलवार २१:५६
NIMB
Nabil Bank

काटठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिनेहरुको संख्या १६ लाख नाघेको छ । आइपीओ भर्ने समय सकिन एक दिन बाँकी छदैँ कम्पनीको आईपीओमा १६ लाख ४ हजार एक सय ४९ जनाले आवेदन दिएका हुन् । फागुन २५ गते अपरान्ह पाँच बजेको अवधीमा ३ करोड ४१ लाख २१ हजार ७ सय ८० कित्ता सेयर माग्दै ३ अर्ब ४१ करोड २१ लाख ७८ हजार रुपैयाँको आवेदन परेको हो ।

कम्पनीले ६६ करोड रुपैयाँ मूल्यको ६६ लाख कित्ता आईपीओ फागुन २१ गतेदेखि २६ गतेसम्म निष्काशन गरिरहेको छ । कुल निष्काशनमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

ज्योतिको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । औषतमा १५ लाख आवेदन परिरहेको अवस्थामा गोला प्रथाबाट ४ लाख ९४ हजार आवेदकले १०।१० कित्ता सेयर पाउनेछन् ।

चालु आवको ६ महिनामा ज्योति लाइफले एक अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । गत आवको सोही अवधीमा कम्पनीले ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । २०७६ पुसको तुलनामा २०७७ पुस मसान्त अवधीमा कम्पनीले ९३।०५ प्रतिशतले बीमा शुल्क बढाउन सफल भएको देखिन्छ । कम्पनीले उत्कृष्ठ व्यवस्थापन प्रणालीका कारण आईएसओ ९००१ः२०१५ सर्टिफिकेट प्राप्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्