Shikhar Insurance

बसपार्कमा भ्यु टावर बनाउने भेटवालसहित १३६ विरुद्ध बैंकिङ कसुरको मुद्दा

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २५, मंगलवार २२:२९
NIMB
Nabil Bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि अनुसन्धानमा रहेको एक बैंकिङ घोटालासम्बन्धी विषयमा मिहिन छानबिन गरी एकैपटक १३६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले काठमाडौंको पुरानो बसपार्कमा भ्यु टावर बनाउने मनोज भेटवालसहितका १३६ जना विरुद्ध मुद्धा दायर गरेको हो ।

आयोगले झण्डै ४० करोड बराबरको घोटाला भएको तथ्यसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । सरकारी स्वामित्वको नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि र सो फाइनान्ससमेत ‘मर्ज’ भई बनेको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा कोषको तर्फबाट सञ्चालकमा नियुक्त भएका नवौँ तहका कर्मचारी छविरमण अधिकारीले गलत तरिकाले कर्जा प्रवाह गरेको पाइएको छ । उक्त बैंक हाल नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा समाहित भएको छ ।

Citizen Life
Kumar Bank

आयोगका अनुसार सो बैंकको दरबारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जामा न्यूनतम मापदण्डसमेत नअनाएको पाइएको छ । लापर्वाही तवरले ठूलो मात्रामा कर्जा प्रवाह भएको तथा हिनामिना, हानी नोक्सानी गरिएको पाइएको छ । धितोको मूल्याङ्कन गर्दासमेत बदनियत राखिएको पाइएको छ ।

आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका सञ्चालक वसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, इनोभेटिक कन्सेप्ट नेपालका सञ्चालक मनोजकुमार भेटवाल, ऋणी भैरवप्रसाद भेटवाल र रविन लामासमेतलाई पक्राउ गरी विशेष अदालतमा पेश गरेको छ । आयोगले कूल ११ मुद्दामा फरक फरकरुपमा नागरिक लगानी कोषका तर्फबाट सञ्चालक रहेका छविरमण अधिकारीसमेत गरी १३६ विरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । उनीहरु विरुद्ध बिगोअनुसारको कारवाहीको माग गरिएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्