Shikhar Insurance

हिमालयन लाइफको सीईओ बने कर्ण, तलब १ करोड २० लाख

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १५:२९
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा मनोजकुमार लाल कर्ण नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिले कर्णलाई सीईओ बनाउन गरेको निर्णयलाई नेपाल बिमा प्राधिकरणले स्वीकृति गरेसँगै उनी सीईओ बनेका हुन् ।

प्राधिकरणले कर्णलाई वार्षिक १ करोड २० लाख तलब भत्ता सुबिधासहित सीईओ नियुक्तिका लागि स्वीकृति दिएको हो । सुरुमा कम्पनी सञ्चालक समितिको बैठकले कर्णलाई मासिक १५ लाख तलब भत्ताको सुबिधासहित सीईओ बनाउने निर्णय गरी प्राधिकरण पठाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राधिकरणले ‘मार्केट एभरेज’ तलब सुबिधा दिनु भनी फिर्ता गरिदिएपछि कम्पनीले तलब भत्तासहित मासिक १० लाख दिने निर्णय गरी स्वीकृतिका लागि पठाएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मासिक १० लाख रुपैयाँ तलब भत्तासहितको सुबिधा दिने गरि कर्णलाई सीईओ बनाउन स्वकृति दिएको सिंहदरबारलाई बताए ।

प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मिलेर हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी बनेको हो । कर्ण यसअघि युनियन लाइफका सीईओ थिए । उनलाई मार्केटिङ स्किल भएको सीईओका रूपमा लिइन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्