Shikhar Insurance

ज्योतिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, १६ लाख बढीले गरिसके माग

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २६, बुधबार ०९:०१
NIMB
Nabil Bank

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो । कम्पनीको आईपीओ भर्ने समय सकिन एक दिन बाँकी छँदै १६ लाख ४ हजार एक सय ४९ जनाले आवेदन दिइसकेका छन् ।
फागुन २५ गते अपरान्ह पाँच बजेको अवधीमा ३ करोड ४१ लाख २१ हजार ७ सय ८० कित्ता सेयर माग्दै ३ अर्ब ४१ करोड २१ लाख ७८ हजार रुपैयाँको आवेदन परेको हो ।

कम्पनीले ६६ करोड रुपैयाँ मूल्यको ६६ लाख कित्ता आईपीओ फागुन २१ गतेदेखि २६ गतेसम्म निष्काशन गरिरहेको छ । कुल निष्काशनमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

ज्योतिको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो । औसतमा १५ लाख आवेदन परिरहेको अवस्थामा गोला प्रथाबाट ४ लाख ९४ हजार आवेदकले १०/१० कित्ता सेयर पाउनेछन् ।

चालु आवको ६ महिनामा ज्योति लाइफले एक अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । गत आवको सोही अवधीमा कम्पनीले ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । २०७६ पुसको तुलनामा २०७७ पुस मसान्त अवधीमा कम्पनीले ९३.०५ प्रतिशतले बीमा शुल्क बढाउन सफल भएको देखिन्छ । कम्पनीले उत्कृष्ठ व्यवस्थापन प्रणालीका कारण आईएसओ ९००१:२०१५ सर्टिफिकेट प्राप्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्