Shikhar Insurance

पाँच बीमा कम्पनीलाई सिईओ नियुक्त गर्न ताकेता, नत्र कारवाही

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २६, बुधबार ११:५२
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले पाँच बीमा कम्पनीहरुलाई तत्कालै सिईओ नियुक्त गर्न ताकेता गरेको छ । समितिले लामो समयसम्म सिईओ नियुक्त नगरि बसेका पाँच वटा बीमा कम्पनीहरुलाई फागुन १८ गते पत्र लेखेर एक महिनाभित्रै सिईओ नियुक्त गरि जानकारी पठाउन भनेको हो ।

हाल नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सुर्या लाइफ, जनरल इन्स्योरेन्स(जीआईसी) कम्पनी र युनाइटेड इन्स्योरेन्स कम्पनीमा सिइओ पद रिक्त छ । नेसनलले सुरेश खत्रीलाई निमित्त सिईओ तोकेको छ । नेपाल लाइफले सन्तोष खत्रीलाई सिईओ नियुक्त गर्ने निर्णय गरेको छ तर सो निर्णय स्वीकृतिका लागि बीमा समितिमा भने अझै पठाएको छैन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सुर्या लाइफमा पनि पवन कुमार खड्काले कायम मुकायम सिईओका रुपमा काम गरिरहेका छन् । उता, युनाइटेड इन्स्योरेन्सले उपास्ना पौडेललाई कायम मुकायम सिईओको जिम्मेवारी दिएको छ । जनरल इन्स्योरेन्स कम्पनीले भने स्थापना कालदेखि नै सिईओ नियुक्त गरेको छैन् । कम्पनीमा बिनेश मास्केलाई निमित्त महा प्रबन्धक तोकेर काम गराईरहेको छ ।

लामो समयसम्म सिइओ नियुक्त नगरि काम गराउँदा कम्पनीको संस्थागत सुशासनमा असर गर्ने भएकाले पत्र काटेर तत्काल नियुक्त गर्न निर्देशन दिएको समितिका एक अधिकारीले बताए । ‘लामो समयसम्म सिइओ नियुक्त नगरेर कम्पनीहरुले संस्थागत सुशासनको पालना नगरेको देखिएपछि हामीले एक महिनाभित्र नियुक्त गर्न निर्देशन दिएका हौं, त्यसो नगरेर कारवाहीको भागिदार हुनुपर्नेछ’, बीमा समितिका एक अधिकारीले सिंहदबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्