Shikhar Insurance

हावाहुरी र चट्याङ्सहित पानी पर्ने, सचेत रहन आग्रह

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ६, शनिबार १२:५१
NIMB
Nabil Bank

काठमाडौं । देशमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । प्री–मनसुनी गतिविधि सक्रिय नै रहेकाले आज पहाडी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्सहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार कोशी, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ । ती क्षेत्रको मौसम अहिले आंशिक बदली रहेको छ । काठमाडौँ उपत्यकामा पनि शनिबार दिउँसोपछि हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी, शनिबार कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । शनिबार राति पनि कोशी र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । ती क्षेत्रका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । अबका तीन दिन नै देशको मौसम यस्तै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्