Shikhar Insurance

नेपाल लाइफको सीईओबारे बीमा समितिको ध्यानाकर्षण

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २६, बुधबार ११:३९
NIMB
Nabil Bank

काठमाडाैं ।  नेपाल लाइफको सीईओ नियुक्ति प्रकरण बारे बीमा समितिको ध्यानाकर्षण भएको छ । नेपाल लाइफको विरगञ्जमा सम्पन्न  साधारण सभाबाट सन्तोष प्रसाईंलाइ सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । तर सो निर्णय सम्बन्धि जानकारी हालसम्म बीमा समितिमा पठाएको छैन ।

बीमा समितिमा नियुिक्तको निर्णय सम्बन्धि फाइलनै नपठाइ कम्पनीले आफ्नो वेबसाइटमा भने सन्तोष प्रसाईंलाई सीईओ उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank

‘बीमा समितिको स्विकृति बिना नेपाल लाइफले आफ्नो वेबसाइटमा सन्तोष प्रसाईंलाइ सीईओ भनि लेखेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सिंहदरबारसँग भने । कम्पनीलाई त्यस्तो विवरण सच्याउन निर्देशन दिइएको जानकारी समेत पौडेलले गराए ।

बीमा कम्पनीहरुले सीईओ नियुत्तगर्ने संचालक समितिको निर्णय, सोवा- सुविधा र करार सम्बन्धि सम्झौताबारे बीमा समितिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । समितिले १५ दिन भित्र प्रतिकृया जनाउँछ । १५ दिन भित्रमा त्यस्तो कुनैपनि प्रतिकृया नजनाएमा स्वत स्विकृत भएको मानिने व्यवस्था रहेको छ । नेपाल लाइफले सीईओ नियुक्ति सम्वन्धी कागजात बीमा समितिमा पठाएको छैन ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्