Shikhar Insurance

सुनको मूल्य तोलामा ८ सयले बढ्यो, कतिमा हुँदै छ काराेबार?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ७, आईतवार ११:४२
NIMB
Nabil Bank

काठमाडाैं। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।  त्यसैगरी, आइतबार चाँदीको मूल्य १५ रूपैयाँले बढेको छ।

शुक्रबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्