Shikhar Insurance

३ लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ७, आईतवार ११:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आइतबार लक्ष्मी लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा लक्ष्मी लघुवित्तको १५ प्रतिशत, इन्फिनिटी लघुवित्तको २० प्रतिशत र सबैको लघुवित्तको १८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यी कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई सो दरमा बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

लक्ष्मी लघुवित्तको ५ लाख ७६ हजार ८१ कित्ता, इन्फिनिटी लघुवित्तको ८ लाख २९ हजार २६.५६ कित्ता र सबैको लघुवित्तको ४ लाख ८६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत उक्त बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्