Shikhar Insurance

आयरल्यान्डको र्‍यान एयरलाइन्सकाे नाफा १.५० डलर

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ८, सोमबार १३:३९
NIMB
Nabil Bank

लण्डन। आयरल्याण्डको सुलभ मूल्यमा सेवा प्रदान गर्दै आएको र्‍यानएयर एयरलाइन्सले कोभिड–१९ पछिको ‘बलियो’ सुधारपछि पुनः वार्षिक खुद मुनाफा आर्जन गर्न सफल बनेको छ ।

अघिल्लो आर्थिक वर्षमा ३५ करोड ५० लाख युरोको खुद नोक्सानी व्यहोरेको र्‍यानएयरले जारी गरेको वक्तव्यमा भनिएको छ, “मार्चको अन्त्यसम्मको १२ महिनामा करपछिको नाफा बढेर एक अर्ब ४० करोड युरो (करिब एक अर्ब ५० करोड अमेरिकी डलर) पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

डब्लिनस्थित राष्ट्रिय ध्वजा बहाकले कोरोनाभाइरसका कारण जारी लकडाउन हटाएपछि आफ्नो अघिल्लो आर्थिक वर्ष २०२१/२०२२ मा घाटा कम गरेको थियो । “पछिल्लो एक वर्षमा हामीले कोभिड–१९ पछिको सुधारलाई निकै सशक्त देखेका छौँ,” प्रमुख कार्यकारी माइकल ओलेरीले आम्दानीसँगै प्रकाशित भिडियो टिप्पणीमा भने।

उनले भने, “मानिसहरू दुई वर्षदेखि थुनिएका छन् र उनीहरू यात्रामा फर्कन चाहन्थे । कम्पनीको आर्थिक आर्जनले पर्यटक आवागमनमा भएको सुधारलाई पुष्टि गरेको छ ।” इटाली, पोल्याण्ड, आयरल्याण्ड, स्पेन र युरोपका अन्य स्थानहरूमा ‘बलियो बजार हिस्सा वृद्धि’ भएको रिपोर्टपछि भाडाबाट राजस्व दोब्बरभन्दा बढी १०.८ बिलियन यूरो संकलन भएको थियो ।

एयरलाइन्सको यात्रुहरूको चाप दर १० प्रतिशतले बढेर कोभिड पूर्वको ७४ प्रतिशत प्रतिशतको अवस्थामा पुगेको छ । कम्पनीले यो वर्ष १६ करोड ८० लाख छ हजार ७४ यात्रु बोकेको जनाएको छ ।एएफपी

GBIME

प्रतिक्रिया दिनुहोस्