Shikhar Insurance

लक्ष्मी र सनराइज बैंकको अन्तिम मर्जर सम्झौता आजै, यस्तो भो नयाँ नेतृत्व

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ८, सोमबार १४:३९
NIMB
Nabil Bank

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको मर्जर सम्बन्धि अन्तिम सम्झौतामा आजै हस्ताक्षर हुने भएको छ । दुई बैंकको मर्जर कमिटीले अन्तिम सम्झौता आजै गर्न लागेका हुन् । ३ बजे सम्झौतामा हस्ताक्षरका लागि राजधानीको एक पाँच तारे होटेल बुक गरिएको छ । लक्ष्मी सनराईज बैंकको नाम बाट चालू आर्थिक बर्ष भित्रै एकीकृत कारोबार थाल्ने तयारी छ ।

दुई बैंकले एक बराबर एकको स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् । नयाँ बैंकमा स्वतन्त्र सहित लक्ष्मी बाट ४ जना र सनराइज बाट ३ जना संचालक रहनेछन् ।
अध्यक्ष भने नया संचालक समितिको बैठक बाट चयन गर्ने सहमति छ । सिईओको हकमा पनि नयाँ बोर्डले निर्णय गर्नेछ । यद्यपि अजय शाहलाई सिईओ बनाउन दुई बैंकका अध्यक्ष सहमत रहेको श्रोत बताउछ ।
दुबै बैंक कर्मचारी समान हैसियतमा रहनेछन् भने खाईपाई आएको तलब नघटाउने सहमती बनेको छ ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्