Shikhar Insurance

सेञ्चुरी बैंक स्थापनाको दश वर्ष पुरा, सबैको रोजाइको बैंक बनाउने अध्यक्षको प्रतिवद्धता

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २६, बुधबार २१:१५
NIMB
Nabil Bank

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको दशौं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले विभिन्न कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको हो ।

दशौं वार्षिकोत्सवका अवसरमा अध्यक्ष राजेशकुमार श्रेष्ठले आफूहरु ठूलो र मजबुद बैंकका रुपमा अघि बढिरहेको बताए । बैंकले सेयरधनीलाई उच्च प्रतिफल, संस्थागत सुशासन कायम राख्ने र कर्मचारी, नियमनकारी निकायलगायत सबै सरोकारवालाको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंको गौरीघाट र बालाजु शाखाको अनलाइन उद्घाटन गरेको छ । बैंकले १ सय २२ शाखा, १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ्ग र ८८ एटिएममार्फत वित्तीय सेवा प्रदानगर्दै आइरहेको छ । बैंकको चुक्तापुँजी ९ अर्ब ३ करोड छ भने ८७ अर्ब ७० करोड निक्षेप परिचालन गरी ७३ अर्ब ८८ करोड ऋण प्रवाह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्