Shikhar Insurance

ज्योतिको आईपीओमा हालसम्मकै धेरै आवेदक, ३ जनामध्ये एकले मात्रै पाउने !

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २६, बुधबार २१:३१
NIMB
Nabil Bank

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स आईपीओ ३ आवेदकमध्ये १ जनाले मात्र पाउने भएका छन् ।

कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म १८ लाख ४ हजार ६ सय ४८ जनाले आवेदन दिएका हुन् । कम्पनीले ६६ लाख कित्ता प्रारम्भिक सार्वजिनक निष्काशन विक्रीका लागि आवेदन माग गरेको हो । जसमध्ये ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

जसअनुसार योग्य आवेदकमध्ये ५ लाख ९४ हजारलाई १०-१० कित्ता पर्नेछ । साँझ ५ बजेसम्मको तथ्यांकअनुसार सबै आवेदक योग्य ठहरिए हरेक ३ आवेदकमध्ये १ जनाले १० कित्ता पाउने देखिएको हो ।

१८ लाखभन्दा बढी आवेदकले ३ अर्ब ८० करोड रूपैयाँ बराबरको ३ करोड ८० लाख कित्ता सेयरका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

ज्योतिमा हालसम्मकै बढी व्यक्तिले सेयर माग गरेका हुन् । यसअघि महिला लघुवित्तमा १५ लाख ४० हजार योग्य आवेदक थिए ।

ज्योति लाइफले ६६ करोड रुपैयाँ मूल्यको ६६ लाख कित्ता आईपीओ फागुन २१ गतेदेखि २७ गतेसम्म निष्काशन गरिरहेको छ । कुल निष्काशनमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ ।

ज्योतिको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिन्थ्यो । कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो ।

चालु आवको ६ महिनामा ज्योति लाइफले एक अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ । गत आवको सोही अवधीमा कम्पनीले ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । २०७६ पुसको तुलनामा २०७७ पुस मसान्त अवधीमा कम्पनीले ९३.०५ प्रतिशतले बीमा शुल्क बढाउन सफल भएको देखिन्छ । कम्पनीले उत्कृष्ट व्यवस्थापन प्रणालीका कारण आईएसओ ९००१:२०१५ सर्टिफिकेट प्राप्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्