Shikhar Insurance

चिनियाँ बैंकद्वारा चीन-मध्य एसिया सहयोग विस्तार

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ९, मंगलवार १२:५७
NIMB
Nabil Bank

बेजिङ। चीनको नीति बैंक, चाइना डेभलपमेन्ट बैंकले चीन-मध्य एसिया सहयोगलाई प्रगाढ बनाउन आर्थिक सहयोग बढाएको छ।

नीति बैंकले चीन र मध्य एसियाली देशबीचको अर्थतन्त्र, व्यापार, लगानी, यातायात, कृषि, ऊर्जा र स्रोतसाधनलगायतका क्षेत्रमा आयोजनालाई सहयोग गर्न १० अर्ब युआन (करिब १ अर्ब ४३ करोड अमेरिकी डलर) विशेष ऋण उपलब्ध गराएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

चाइना डेभलपमेन्ट बैंकले अन्तरराष्ट्रिय स्तरमा लगानी सञ्चालन शुरु गरेको पहिलो क्षेत्र मध्य एसिया हो ।
सन् २०२२ को अन्त्यसम्ममा नीति बैंकले मध्य एसियाका पाँच देशमा ऊर्जा र स्रोत, पूर्वाधार र यातायातलगायतका क्षेत्रमा १ सय ३४ परियोजनालाई सहयोग गरिसकेको छ । सिन्ह्वा

GBIME

प्रतिक्रिया दिनुहोस्