Shikhar Insurance

एनआईसी एसिया बैंकमा अब भिडियो कलमार्फत थप पाँचवटा सेवा पाइने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ९, मंगलवार १६:५४
NIMB
Nabil Bank

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकका लागि ल्याएको (भिडियो केवाइसी) सेवाअन्तर्गत अनलाइन भिडियो कल गरी केवाइसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा इमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको जनाएको छ ।

अनलाइन खाता खोल्ने ग्राहकका लागि भिडियो कलबाटै केवाइसी विवरण अद्यावधिक गर्न सकिने सेवा यसअघि नै सुरुवात गरिसकेको बैंकले अब थप पाँचवटा सेवासमेत यस प्रणालीमा जोडेको बैंकले बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

घर वा अफिसबाटै लिन सकिने यी पाँच नवीन सेवा बैंकको वेबसाइट एनआईसी एसिया डटकममा रहेको एप्लाइ नाउमा ट्याब गरी भिडियो केवाइसीबाट उल्लेखित सेवाहरूमध्ये ग्राहकहरूले इच्छाएको सेवा छनौट गरी बैंकलाई अनुरोध गर्न सकिने बैंकले जनाएको छ । ग्राहकले दिएको अनुकूल समयमा बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ ।

परिवर्तित समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकहरूले आफ्नो पहिचान खुल्ने कुनै एक परिचयपत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र वा मतदाता परिचयपत्र) तथा सेतो कागज र कालो वा नीलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरेबमोजिमका विवरण तथा कागजात देखाउनुपर्छ ।

यस बैंकले मुलुकभर ३ सय ५९ शाखा कार्यालय, ४ सय ७३ एटीएम, १ सय ९ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखाबाट सेवा दिइरहेकाे   छ।

GBIME

प्रतिक्रिया दिनुहोस्