Shikhar Insurance

८६ लाख तलब खाने आईजीआई प्रुडेन्सियलका सीईओले सम्हाले कार्यभार

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ९, मंगलवार १९:४५
NIMB
Nabil Bank

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । निजको नियुक्तिको लागि कम्पनीको संचालक समितिको मिति २०८०/०१/२७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेकोमा कम्पनीको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट मिति २०८०/०२/०५ को पत्र मार्फत स्वीकृति प्राप्त भएको थियो । प्राधिकरणको स्वीकृतिपछि श्रेष्ठलाई कम्पनीका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गराएका हुन् ।

सो अवसरमा कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट युगेशभक्त बादे श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । श्रेष्ठले तलब र भत्तासहित बार्षिक ८६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्