नागरिक लगानी कोषको सेयर बिक्रीमा, कसले पाउँछ किन्न ?

काठमाडौं । नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता सेयर बैंकले बिक्री गर्ने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको न्यूनतम मूल्य १५ सय २ रुपैयाँ ५० पैसा तोकिएको यस सेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ ।
उक्त संस्थापक सेयर खरीदका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु मात्र सहभागि हुन सक्नेछन् । ईच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मिति २०७७ चैत्र ३ गतेदेखि मिति २०७७ चैत्र १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्