Shikhar Insurance

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा साइकल र्‍याली आयोजना

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १०, बुधबार १३:०४
NIMB
Nabil Bank

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसर पारेर आगामी जेठ २० गते शनिबार डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍यालीको आयोजना गर्ने भएको छ

साे बैंकले गतवर्ष पनि वातावरण दिवसका दिन पहिलो बृहत् साइकल र्‍याली सफलतापूर्वक सम्पन्न गरेको थियो “इन्धन जोगाऔँ, पृथ्वी बचाऔं” भन्ने मूल नाराका साथ आह्वान गरिएको साइकल र्‍यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, सेयरधनी एवं यस बैंकप्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरूको उत्साहजनक सहभागिता रहनेमा बैंक विश्वस्त छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साइकल र्‍याली जेठ २० गते शनिबार बिहान ७ः०० बजे बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयको प्राङ्गणबाट सुरु भई लगभग १० किमीको यात्रापश्चात् सानो गौचरणमा सम्पन्न गरिनेछ ।

यस साइकल र्‍यालीबाट साङ्ग्रिला डेभलपमेन्ट बैंकले वातावरण प्रवर्द्धनप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात् गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रणमा टेवा पुर्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।

यस र्‍यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । र्‍यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरूप बिरुवा प्रदान गरिनेछ । यसै गरी, र्‍यालीमा नाम दर्ता गर्ने पहिलो ३ सय जनालाई टिसर्टको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्