Shikhar Insurance

हावाहुरीको मौसममा बत्ति आउने/जाने भइरहन्छः प्राधिकरण

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २७, बिहीबार १२:२०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हावाहुरीको मौसममा बत्ति आउने जाने भैरहने बताएको छ । प्राकिरणका प्रवक्ता मदन तिम्सिनाले बत्ति आउने जाने भइरहने तर लोडसेडिङ भने नहुने बताए । ‘हावाहुरीको मौसम छ, चट्याङ पर्नेदेखि लाइनमा रुढ ढलेर पनि समस्या हुन्छ तर त्यो लोड सेडिङ भने होइन’, प्राधिकरणका प्रवक्ता तिम्सिनाले सिंहदरबारसँग भने ।

उनले सार्वजनिक बिदाका दिन मर्मत तथा सम्भारको काम पनि हुने भएकाले कुनै कुनै ठाउँमा बत्ति जाने बताए । तर त्यस्तो बत्ति काट्दा प्राधिकरणले वेभसाइटमा सूचना राख्ने गरेको र मोबाइल एप्समा पनि सबै जानकारी दिने गरेको पनि उनले बताए । फागुन, चैत र बैशाख महिनामा अत्याधिक हावा चल्ने भएकाले प्राधिकरणलाई विद्युत वितरण प्रणाली व्यवस्थापनमा मुस्किल हुने गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले पर्याप्त र गुणस्तरिय विद्युत वितरणका लागि प्राधिकरणले आफ्नो पुरै सामर्थ्य प्रयोग गरिरहेको बताए । बजारमा लोडसेडिङको हल्ला चल्ने गरेको तर त्यसमा कुनै सत्यता नभएको पनि उनले बताए । प्रणालीमा एकै पटक थोरै लोड र थोरै लोड आउने गरेकाले समय समयमा अपर्झट बत्ति जाने गरेको स्पष्ट पारे । मर्मत सम्भारका लागि प्राधिकरणको टिम २४ सै घण्टा खटिने गरेको पनि उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्