Shikhar Insurance

आँखासँगै कान उपचार सेवा विस्तारको योजनामा नेत्रज्योति संघ

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ११, बिहीबार ११:२६
NIMB
Nabil Bank

लमही । नेपाल नेत्रज्योति संघ दाङले लमहीमा आँखासँगै कान उपचारको सेवा सञ्चालन गर्ने प्रयासमा जुटेको छ । लमही आँखा अस्पतालअन्तर्गत कान उपचारका लागि आवश्यक तयारी भइरहेको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक अधिकृत शमशेर थापाले बताए ।

लमही नगरपालिका–५ रातोडाँडा स्थित नगर विकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा भवन निर्माण गरेर कानसम्बन्धी समस्याका बिरामीलाई सेवा दिने प्रयासमा नेत्रज्योति संघ रहेको नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, राप्ती आँखा अस्पतालका प्रमुख प्रशासक थापाले बताए । उनले भवन निर्माणसँगै कानसम्बन्धी विशेषज्ञ सेवा दिन सके देउखुरीसँगै जिल्लाका कानसँग सम्बन्धित बिरामीले सेवा लिन पाउने बताए ।

Citizen Life
Kumar Bank

आँखा उपचारका लागि अहिले काम गरिरहेको भन्दै कानसम्बन्धी उपचारको सेवा दिनसके धेरै जनताले सेवा पाउने बताए । जग्गा प्राप्त भए पनि लमहीका नगरका अघिल्लो जनप्रतिनिधि र प्रमुख प्रशासक कारण अस्पताल निर्माणमा ढिलाइ भएको बताए । ‘लमही नगर विकास समितिले उपलब्ध गराएको पाँच कठ्ठा जमिनमा कान उपचारका लागि अस्पताल निर्माण गर्ने कुरा थियो तर प्राविधिक कारण जग्गा आउन नसक्दा समस्या भएको थियो’, उनले भने, ‘अहिले फेरि अर्को ठाउँमा जग्गा उपलब्ध गराउने कुरा छ ।

उक्त जग्गामा भवन निर्माण गरेर कानसम्बन्धी सेवा दिने तयारीमा छौँ ।’ उनले नेपालमा एक लाख ३० हजार व्यक्ति दृष्टिविहीन रहेको जानकारी गराएका थिए । त्यसमध्ये ३० हजार २ सय ४० जना बच्चाहरू दृष्टिविहीन छन् भने ९० हजार बच्चाहरूमा न्यून दृष्टिविहीनको समस्या रहेको छ । नेपालमा ३० वर्षभन्दा मापथिका एक लाख मानिस जलबिन्दुको समस्या रहेको जानकारी गराएका थिए । यसैगरी एक लाख व्यक्ति मधुमेहका बिरामी छन् । जसमध्ये २० हजार व्यक्ति मधुमेहका कारण दृष्टिविहीन हुनुपरेको प्रमुख प्रशासक थापाले बताए ।

थापाले आर्थिक वर्ष २००८०,८१ को लागि साझेदारी कार्यक्रमका योजना, यस आर्थिक वर्षमा गढवा,राजपुर, लमही नगरपालिका र वडाहरुले गरेका साझेदारी कार्यक्रम र सहयोगको वारेमा जानकारी गराएका थिए । उनले लमही आँखा अस्पतालको रणनितिक कार्ययोजना समेत प्रस्तुतिकरण गरेका थिए । चालु आर्थिक वर्षमा लमही नगरपालिका र गढवा गाउँपालिकाले आँखाको निःशुल्क उपचार सेवा प्रदान गरेका छन् ।

लमही नगरपालिकाका सबै वडाहरुमा निःशुल्क आँखा जाँच गरिएको छ । जाँच गरिएका छ सय ५० जनामध्ये चार सय छजनाको मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । बाँकी दुई सय ४४ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । गढवा गाउँपालिकाको सबै वडामा निःशुल्क आँखा जाँच गर्दा चार सय ६० जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको र तीन सय चारजनाको शल्यक्रिया गरिएको छ । अब एक सय ५६ जनाको शल्यक्रिया गर्न बाँकी छ । राजपुर गाउँपालिकामा पाँच सय ५१ र राप्ती गाउँपालिकामा आठ सय ९७ जनाको मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ ।

लमहीमा नेपाल नेत्रज्योति संघ आँखा अस्पताल कार्यक्रम राप्ती तथा बहादुरगञ्ज लमही अस्पतालले आयोजना गरेको ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ विषयक अन्तत्र्रिmया कार्यक्रममा प्रमुख प्रशासक थापाले लुम्बिनी प्रदेशमा विभिन्न कारणले एक लाख ९५ हजार एक सय २० जना आँखासम्बन्धी समस्या भएका बिरामी रहेको जानकारी गराएका थिए । उनकाअनुसार त्यसमा एक लाख १२ हजार ९ सय ६४ जना मोतियाबिन्दुका कारणले अन्धोपन भएका बिरामी छन् ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रूपन्देहीमा २३ हजार ७ सय ५ जना मोतियाबिन्दुका बिरामी छन् । त्यसपछि क्रमशः कपिलवस्तुमा १४ हजार ८ सय ७१, दाङमा १४ हजार ४ सय २७, बाँकेमा १३ हजार ५ सय ४६, बर्दियामा १० हजार ६ सय ४१, नवलपरासीमा ८ हजार ३ सय २२, गुल्मीमा ५ हजार ५ सय ९१, पाल्पामा ५ हजार ४ सय ३५, प्युठानमा ५ हजार ३ सय ५०, रोल्पामा ५ हजार २ सय ४, अर्घाखाँचीमा ४ हजार ४ सय ५८ र रुकुममा एक हजार २ सय ९१ जना मोतियाबिन्दुका बिरामी रहेको उनले कार्यक्रममा जानकारी गराएका थिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्