Shikhar Insurance

व्यवसायी दुर्घटनाको जोखिम मोलेरै तातोपानी नाकाबाट सामान ढुवानी गर्छन्

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ११, बिहीबार १२:४६
NIMB
Nabil Bank

काठमाडाैं । नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी सञ्चालनमा आए पनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ । वैशाख अन्तिमबाट लामो समयदेखि बन्द रहेको तातोपानी नाका दुवैतर्फ सञ्चालनमा आएको हो । नेपालतर्फको बाह्रबिसेदेखि नाकासम्मकै सडकको अवस्था दयनीय हुँदा दुर्घटनाको जोखिमका कारण नेपाली व्यवसायीहरुले आवश्यक सामग्री ओसारपसार गर्न सकेका छैनन् ।

सडकको दुरावस्थाका कारण तातोपानी नाकाबाट पछिल्लो समय व्यवसायीले सामान आयात गर्नै छोडेका छन् । सडक राम्रो नहुँदा र तातोपानी नाकाबाट सामान नेपाल भित्र्याउँदा धेरै समय लाग्ने गरेकाले व्यवसायीले अर्को नाकाबाट सामान आयात गर्ने गरेको गुनासो गरे । सडकको स्तारोन्नति र बिस्तार हुन नसक्दा व्यवसायीहरुले बर्सेनि सास्ती भोग्नुपरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

व्यवसायीहरुले सरकारले तातोपानी जोड्ने सडक मर्मतका लागि आवश्यक चासो नदिएको गुनासो गरेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी नाकासम्मको सडक मार्ग सरकारले दीर्घकालीन मर्मत गर्न नसक्दा सधैं जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ ।

नेपाल—चीन जोड्ने नेपालको प्रमुख व्यापारीक तातोपानी नाका भए पनि सडक मार्गको समस्याले सधैं ग्रसित छ । चीनसँगको व्यापारिक नाका तातोपानी जोड्ने मुख्य सडक बाढी, सुक्खा पहिरोलगायतका समस्याका कारण सधैं सडक भासिने गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्