Shikhar Insurance

सिटिजन्स बैंकलाई जर्मनीको बैंकबाट ५० करोड रुपैयाँको पुनर्कर्जा

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ११, बिहीबार १३:०५
NIMB
Nabil Bank

काठमाडौं। सिटिजन्स बैंकलाई जर्मनीको केएफडब्लू डेभलपमेण्ट बैंकले करिब ५० करोड रुपैयाँ (३५ लाख यूरो) पुर्नकर्जा लगानी गर्ने भएको छ।

यसबाहेक ५ लाख बराबरको प्रावधिक सहयोगसमेत प्रदान गर्ने भएको छ। नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि केएफडब्लूले लगानी गर्न लागेको हो।

Citizen Life
Kumar Bank

बैंकले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्द्धनका लागि जर्मनस्थित डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंकबीच ग्रामीण र अर्ध–सहरी क्षेत्रमा दिगो आर्थिक विकासअन्तर्गत पुनर्कर्जा र प्राविधिक सहयोग प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

नेपालसँग जर्मन वित्तीय सहयोग परियोजनाअन्तर्गत डेभलपमेण्ट बैंक जर्मनीले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्द्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आइरहेको छ ।

हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्र दिगो बनाउनका लागि लघु, घरेलु तथा साना उद्यम क्षेत्रको विकास हुनुपर्छ भन्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकका १ सय ८२ शाखा, ३ विस्तारित काउण्टर, १ सय ३९ एटीएम, ६ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ एकाइ छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्