Shikhar Insurance

महिन्द्राको शाेरुम कोसी प्रदेशको इटहरीमा

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ११, बिहीबार १७:२६
NIMB
Nabil Bank

काठमाडौं । नेपालका लागि आधिकारिक वितरक महिन्द्राको अग्नि ग्रुपले कोसी प्रदेशको सुनसरीको इटहरी उपमहानगरपालिकामा बिक्री, सेवा र पार्टपुर्जासहितको शाेरुम स्थापना गरेको छ ।

भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एन्ड महिन्द्राले आफ्नो फ्ल्यागसिप ग्लोबल एसयूभी–एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’ र एक्सयूभी ३०० (एक्सयूभी, ३ डबल ‘ओ’ का रूपमा उच्चारण गरिने) यी गाडी त्यहाँ उपलब्ध गराएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

काठमाडौंमा एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछिको यो सोरुम क्षेत्रीय स्तरको पहिलो आधिकारिक सोरुम बनेको छ।

एक्सयूभी ७०० र एक्सयूभी ३०० नेपाली उपभोक्ताका लागि उपयुक्त भएको महिन्द्राको विश्वास छ । महिन्द्राले आफ्नो पहिचानयुक्त (फ्ल्यागसिप) एक्सयूभी ७०० र एक्सयूभी ३०० नयाँ ट्विन पिक्स ब्रान्डेड सोरुमले प्रिमियम एसयूभी सेगमेन्टमा मानक कायम गने लक्ष्य राखेको छ ।

कम्पनीले यो क्षेत्रका लागि पूर्ण सुविधाले सुसज्जित आधिकारिक सोरुम सञ्चालनमा ल्याएको बताएको छ । नेपाली बजारमा एक्सयूभी ७०० र एक्सयूभी ३०० को प्रारम्भिक मूल्य क्रमशः ७,४००,००० र ४,२९५,००० रहेको छ ।

नेपालमा भित्रिएका नयाँ ट्विन पिक्स ब्रान्डेड सबै शृङ्खलाका सवारी साधनहरूसहितको थ्रीएस सेटअपयुक्त यो सोरुम नेपाल उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष जीवन पराजुली र अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले जेठ १० गते बिहीबार स्थानीय प्रतिनिधिहरूसहित संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्