Shikhar Insurance

‘नक्कली भुटानी शरणार्थी’ प्रकरणका अभियुक्तको बयान सुरु

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १२, शुक्रबार १३:४९
NIMB
Nabil Bank

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरुमाथि काठमाडौं जिल्ला अदालतमा आज बयान सुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा केशव दुलाल र सागर राईको बयान सुरु भएको हो । उक्त प्रकरणमा ३० जनाविरूद्ध बुधबार मुद्दा दायर भएकाे थियाे । १४ जना फरार रहेकाले १६ जनाको मात्र बयान सुरु भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

फरार रहेका १४ जनाको हकमा भने अदालतमा उपस्थित भएकै बेला बयान हुनेछ । बयानपछि उनीहरुलाई थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भनी ‘थुनछेक’ बहस हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्