Shikhar Insurance

मानसरोवर कैलाश दर्शनले बढायो हुम्लामा पर्यटक

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २८, शुक्रबार ११:३६
NIMB
Nabil Bank

हुम्ला । मानसरोवर कैलाशको दर्शनका लागि हुम्लाको सिमकोट पुगेका भारतीय तीर्थयात्री उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी, लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरी फिर्ता भएका छन् । हुम्लाको लिमी लाप्चा पर्यटकीयस्थल हुँदै भारतीय तीर्थयात्रीको टोली मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता भएका हुन् । डेढ वर्षदेखि हुम्लामा पर्यटकको आवागमन भएको थिएन ।

कोभिड–१९ का कारण लामो समयदेखि सुनसान बनेको हुम्लाको नाम्खा गाउँपालिका लिमी लाप्चामा पहिलोपटक भारतीय तीर्थयात्री पुगेका छन् । तिब्बतमा रहेको मानसरोवर कैलाश दर्शनका लागि भारतीय पर्यटक तथा तीर्थयात्री आउने समय शुरु भए पनि गर्त वर्ष चीनबाट फैलिएको कोरोना भाइरसका कारण हिल्सा सीमा नाका बन्द हुँदा हुम्लाको लिमी लाप्चाबाट भारतीय तीर्थयात्रीले दर्शन गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

डेढ वर्षदेखि हुम्ला हुँदै मानसरोवर कैलाश जाने गरेका पर्यटक कोभिड–१९ का कारण रोकिए पनि पुनः नियमित हुनसक्ने सम्भावना रहेको छ । कोरोना भाइरस महामारी विस्तारै कम हुँदै जान थालेपछि भारतीय पर्यटक तथा तीर्थयात्री हुम्ला पुगेका हुन् ।

हुम्ला पुगेर नाम्खा गाउँपालिका–६ मा पर्ने लिमीको लाप्चाबाटै उनीहरुले दर्शन गरेका छन् । काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्ला पुगेका भारतीय तीर्थयात्री सिमकोट विमानस्थलबाट हेलिकप्टरमार्फत लिमीको लाप्चामा अवतरण गरेर दर्शन गरी फिर्ता भएको विजय होटेलका सञ्चालन विजय लामाले जानकारी दिए । कैलाश मानासरोवर दर्शनका साथै उत्तरी क्षेत्रमा रहेका लिमी लाप्चा भ्यालीको मनोरम दृश्यावलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्ने सम्भावना रहेको सञ्चालक लामाले बए ।
बिहीबार बिहान सात भारतीय तथा छ आन्तरिक पर्यटक गरी १३ जनाको टोलीद्वारा लिमी लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शनका साथै पर्यटकीय क्षेत्रको अनुगमन गरी फिर्ता भएको विमानस्थलका प्रमुख मोहन गिरीले बताए । सो टोलीद्वारा सुरक्षा निकायको अनुमतिमा शिवरात्रिको अवसर पार्दै प्रवद्र्धनात्मक यात्राका लागि अनुगमन गरेको बताइएको छ ।

टोलीले माउण्टेन हेलिकप्टर र सीता एयरको समन्वय तथा साझेदारीमा हुम्लाको पर्यटकीय क्षेत्रको विश्लेषण गरेर फिर्ता भएको सीता एयर सिमकोट स्टेसनका सहायक प्रबन्धक सूर्य लामाले जानकारी दिए । अनुगमनका लागि आएको टोलीले पर्यटन तथा दर्शनका लागि फलदायी र उत्तम भएको महसुस गरेको खण्डमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन सक्ने विश्वास गरिएको छ ।

कामाडौँ, नेपालगञ्ज हुँदै हुम्ला पुगेको पर्यटकको टोलीले मानसरोवर कैशाल दर्शनका लागि लिमी, लाप्चालाई केन्द्रित बनाएको पाइएको छ । कैलाश मानसरोवरका लागि हुम्ला पुगेको यो पहिलो भारतीय तीर्थयात्रीको टोली रहेको बताइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्