Shikhar Insurance

विराटनगरको गुद्री बजारमा एनएमबी बैंकबाट विद्युतीय कारोवार शुरु

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २८, शुक्रबार १२:२०
NIMB
Nabil Bank

मोरङ । विराटनगर–११ स्थित नयाँ गुद्री बजारमा आजदेखि एनएमबी बैंकबाट विद्युतीय कारोवार (क्युआर कोड) शुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरीद गरी नगदरहित कारोवारको शुरुआत गर्दै यस कार्यबाट रकमको सुरक्षासहित झण्डझट नहुनका साथै पारदर्शी हुने बताए ।

अधिकारीले विद्युतीय कारोवारले आधुनिक बजार विस्तारमा सहयोग पुग्नुका साथै यसबाट मुलुकमा सुशासन कायम गरी रकमको सुरक्षासमेत हुने बताए । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले मुलुकलाई समृद्ध कायम गर्न नेपाल सरकारको नीतिअनुसार महिला उद्यमीलाई बैंकका १८० शाखामार्फत बिना धितो चार प्रतिशत व्याजदरमा ऋण प्रदान गरिरहेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले विद्युतीय कारोवारले यस क्षेत्रका व्यापार व्यवसायमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे । बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेव, वडा नं ११ अध्यक्ष तीर्थेन्द्र न्यौपाने, बैंकका प्रदेश प्रमुख उत्सव घिमिरेलगायतले मुलुकको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भनाइ थियो ।

गभर्नर अधिकारीले एनएमबी बैंकले महिला उद्यमी सन्तोषी भगतलाई चार प्रतिशत ब्याज दरमा उपलब्ध गराएको रु १० लाख ऋणको कागजात प्रदान पनि गरे । गभर्नर अधिकारीले एवि टे«डर्सका प्रमुख पशुपति भगतलाई विद्युतीय कारोवार कार्ड हस्तान्तरण गरे । नयाँ गुद्री बजारमा ४०० व्यवसायीलाई विद्युतीय कार्ड प्रदान गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्