Shikhar Insurance

काँग्रेसले देउवाको नेतृत्वमा सरकार बनाउने

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २८, शुक्रबार १६:०४
NIMB
Nabil Bank

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनाउने भएको छ । रामचन्द्र पौडेल समुहका नेताहरुले पार्टीकै नेतृत्वमा सरकारी बनाउनु पर्ने र त्यसका लागि सभापति देउवा अघि सर्नुपर्ने निष्कर्ष निकालेको हो । पौडेल समुहले देउवाले नयाँ सरकार गठनका लागि अग्ररसता देखाउनुपर्ने र त्यसमा आफुहरुको पूर्ण समर्थन रहने सन्देश सभापति देउवालाई दिएको छ ।

काँग्रेसले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टीसँग छलफल गर्दैछ । पुनस्थापित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले इतरको सरकार बनाउनुपर्ने धारणा राखिसकेका छन् । प्रचण्डले काँग्रेस, माओवादी र जसपा मिलेर नयाँ सरकार बनाउनुपर्ने बताउँदै आएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उता, प्रधानमन्त्री केपी ओलीले जसपालाई प्रधानमन्त्री अफर गरेको सूचना पनि बाहिरिएको छ । एमाले भित्र भने सके ओली सरकार जोगाउने नसके पार्टीभित्रबाटै कसैलाई अघि सार्नुपर्ने विचार अघि सार्दै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्