Shikhar Insurance

पार्टी फुटाउने तयारीमा ओली समुह, माधव नेपाल पक्षधरको जिम्मेवारी खोसियो

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २८, शुक्रबार १७:०८
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले पार्टी फुटाउने तयारी थालेका छन् । सर्वाेच्च अदालतले नेकपा बिघटन गरि एमाले ब्युताईदिएपछि ओलीले पुनः फुटाउने तयारी थालेका हुन् ।

ओलीले शुक्रबार बालुवाटारमा आफ्नो समुहको बैठक राखेर महासचिव बाहेकका सबै पदाधिकारीहरु खारेज गरेका छन् । विदेश विभाग प्रमुख रहेका बरिष्ठ नेता माधव नेपाललाई हटाएर डा. राजन भट्टराईलाई जिम्मा दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, प्रदेश १ को इञ्जार्चबाट भिम आचार्य हटाईएका छन् र उनको ठाउँमा सुभाष नेम्बाङलाई जिम्मेवारी दिईइको छ । बागमति प्रदेशको इञ्चार्जबाट अष्टलक्ष्मी शाक्य हटाईएकी छिन् । उनको ठाउँमा राम बहादुर थापालाई इञ्जार्चको जिम्मेवारी तोकिएको छ ।

ओलीले मंसिर २ देखि ६ गतेसम्मका लागि महाधिवेशनको मिति तोकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्