Shikhar Insurance

केपी ओलीसँग मिलेर जाने सम्भावना समाप्त भयोः बामदेव गौतम

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २८, शुक्रबार २०:३९
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष बामदेव गौतमले केपी ओलीसँग मिलेर जाने सम्भावना सकिएको घोषणा गरेका छन् । ओली समुहले बालुवाटारमा कथित केन्द्रिय कमिटी बैठक राखेर गौतमसहितको पदाधिकारीहरुलाई बर्खास्त गरेको थियो ।

ओली समुहले अध्यक्ष र महासचिव बाहेकका सबै पदाधिकारीहरुको पद खारेज गरेर बरिष्ठ नेता नेपाल निकट निकटहरुको जिम्मेवारी समेत खोसेको छ । ओली समुहको पछिल्लो निर्णयसँगै गौतमले –‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो ।’ भनेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनका सहयोगी विश्वमणी सुवेदीका अनुसार गौतमले ओलीसँग मिलेर जान नसकिने निष्कर्ष निकाल्दै पार्टी पुनर्गठनमा जुट्नुपर्ने निष्कर्ष निकालेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्