Shikhar Insurance

तेलको मूल्य बढाउनमा निगमको हात हुन्न : कार्यकारी निर्देशक पौडेल

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २८, शुक्रबार २२:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा आफ्नो भुमिका नहुने स्पष्ट पारेको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेललगायतको पेट्रोलियम पदार्थको मुल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठुलो भुमिका नहुने बताए ।

आयल निगमले बिक्री गर्ने तेलको मुल्य निर्धारण श्रोतमा हुने मुल्यको घटबढले निर्धारण गर्ने उनले स्पष्ट पारे । डलरको विनिमय दर, क्रुड आयलमा बढ्ने दर र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मुल्यलाई घटबढ गराउने बताए । बाहिर समाचारमा आए जस्तो निगमको आन्तरिक खर्च र व्यवस्थापनको खर्च धान्ने विषय मुल्यसँग नजोडिने बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपर्ने अवस्था नरहेको पनि बताए । प्राकृतिक हिसाबले मुल्य घटबढ हुने भएकाले मुल्य बढ्दा बढाउनुपर्ने र घट्दा घटाउनुपर्ने उनको भनाई छ ।

“हाम्रो कस्टिङमा स्रोत हाम्रो कहिल्यै महंगो छैन । हामीले जुन प्राइसमा किन्छौं, त्यो महंगो हालेर हामीले किनेको छैनौं त्यो हामी सबैले बुझिदिनुपर्छ । निगमका खर्च, कर्मचारी खर्चहरु आउँछन्, त्यो चिजपनि आजको दिनसम्म पेट्रोलियम पद्धार्थ विक्रि गर्नै पर्दैन निगमलाई,” उनले भने, “निगमको अन्य स्रोतबाट पनि पुग्छ । त्यो चिजले गर्दा पेट्रोलियम पद्धार्थको मुल्यमा कुनैपनि असर आउँदैन । यो मुल्य बढ्नमा सरकारको, निगमको कुनैपनि ठुलो भुमिका छैन र यो प्राकृतिक हिसाबले नै बढेको छ ।”

आयल निगमले मुल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर विक्रि गरेको पनि उनले बताए । मुल्यवृद्धि लामो समयसम्म रहे ठुलै लेभलको मुल्य समायोजन गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाई छ । उनले भने, “यो मुल्यवृद्धि यसरी लामो समय रहने हो भने हामीले कुनैपनि बिन्दुमा आएर चाहीँ ठूलो लेभलको मुल्य समायोजन गर्ने परिस्थिति हुन्छ ।’

हाल निगमले पेट्रोलको मुल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ९९ रुपैँया र खाना पकाउने एल पी ग्याँसको मुल्य १४ सय रुपैयाँ कायम गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्