Shikhar Insurance

फास्टट्रयाकमा अनियमितता : जाग्यो सार्वजनिक लेखा समिति, रक्षा र सेनासँग ११ प्रश्नको जवाफ माग

सिंहदरबार संवाददाता
२०७७ चैत्र १, आईतवार २३:१०
NIMB
Nabil Bank

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले तराई मधेस द्रुतमार्ग अन्तर्गत फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिताको सम्बन्धमा अध्ययन गर्ने भएको छ । तराई मधेस द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै समितिमा उजुरी परेपछि समितिले त्यसतर्फ चासो देखाएको हो ।

दोश्रो चरणको ठेक्का प्रक्रिया अन्तर्गत सक्षम बोलपत्रदाता छनौट गर्ने क्रममा अनियमितता भएको भन्दै परेको उजुरीमा उल्लेखित दाबी तथा प्रमाणको रुपमा पेश गरिएको कागजातका आधारमा समितिले सम्बन्धीत निकायहरुसँग ११ वटा विषयमा प्रतिक्रिया मागेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

समितिका सचिव रोजनाथ पाण्डेले  प्रारम्भिक छानविनका लागि सम्बन्धित निकायसँग डकुमेन्ट मागिएको जानकारी दिँदै समितिको आगामी बैठकमा एजेन्डाको रुपमा प्रवेश गराउने गरि तयारी गरिएको बताए ।

 

उनले भने, “समितिमा केही दिन पहिला नेपाली सेनाले फास्टट्रयाक कन्ट्रयाक्टको लागि प्रिक्वालिफाइड सेलेक्ट गरेको र बिडिङ प्रोसेस गलत भएको, अन्याय भयो धाँदली भयो र नियमसंगत ढंगले टेण्टर प्रक्रियामा गएन भन्ने आरोप लगाउँदै उजुरी परेको कारणले उजुरीमा राखिएका डकुमेण्टहरु प्राारम्भीक रुपमा छानविन गरेर अहिले रक्षामन्त्रालय मार्फत डकुमेण्टहरु मगाएका छौं‌।” उजुरीकर्ताले लगाएको आरोपका आधारमा आशंका लागेका ११ वटा बुँदामा उहाँहरुको प्रतिक्रिया मागेका छौं । पाण्डेका अनुसार अहिले प्रारम्भिक छानविन सुरु भएको छ ।

आउने दिनमा त्यहाँ अनियमितता केही रहेछ भने र खरिद सम्बन्धी बोलपत्र सम्बन्धी कामका लागि प्रक्रिया नपुगेको नियमसँग नभएको अवस्था देखियो भने सम्बन्धित पदाधिकारी र संलग्न कर्मचारी र सार्वजनिक खरिद अनुगमन कार्यालयको सहयोगमा समितिले थप प्रक्रिया अघि बढाउने उनले बताए । सार्वजनिक लेखा समितिले आगामी बैठकमा एजेण्डाका रुपमा प्रवेश गराउने गरि तयारी गरेको हो ।

उनले राष्ट्रिय गौरवको आयोजना तथा सार्वजनिक महत्वको फास्टट्रयाक निर्माण कार्यमा प्रतिष्पर्धात्मक मुल्यमा आधारित भएर सक्षम र प्रतिष्पर्धी कम्पनि छनौट होस् भन्ने हिसावले समितिले सकारात्मक रुपमा सहयोग गर्ने बताए । पुर्वयोग्यता निर्धारणको बोलपत्र दिने कम्पनि धेरै भएपनि चयन गर्ने प्रक्रियाले शंका गर्ने ठाउँ दिएकाले समितिले रक्षा मन्त्रालय मार्फत कागजात मगाईएको उनले बताए ।

यो ५२ अर्बको कारोबार हुने खरिद प्रक्रिया हो । यही प्रकृतिको प्रिक्वालिफिकेसन गर्दा दुई वटा प्याकेजमा सेलेक्ट गर्दा पहिला ५/६ वटा सम्भावित कम्पनि सर्टलिस्ट गर्ने गरिको थियो । फास्टट्रयाकमा पुरानो प्रक्रियालाई रद्द गराएर पुनः प्रिक्वालिफिकेसन प्रक्रिया अघि बढाएको देखिएको छ ।

यस्तोमा पहिलेका कम्पनि र थप कम्पनिले दरखास्त दिएका हुन् । २१/२२ वटा कम्पनीले दरखास्त दिएकोमा एउटा प्याकेजमा एउटा र अर्को प्याकेजमा दुईवटा छनौट गरिएको छ । दुईवटा मध्ये एउटा दुवैमा क्वालिफाइड भएको र एउटा मात्रै डिस्क्वालिफाइड भएर बसेको देखिन्छ ।

पाण्डेका अनुसार मिलेमतोको आशंका हुनसक्ने, प्रतिष्पर्धा सुनिश्चित नहुने परिस्थिति श्रृजना भएको देखिन्छ । ठूलो कारोबार हुने, राष्ट्रकै ठूलो सम्पत्ति खर्च हुने र सार्वजनिक महत्वको फास्टट्रयाक निर्माण कार्यमा सक्षम र प्रतिष्पर्धी कम्पनि, त्यो पनि प्रतिष्पर्धात्मक मुल्यमा आधारित भएर छनौट होस् भन्ने हिसावले सकारात्मक रुपमा सार्वजनिक लेखा समितिले सहयोग गर्ने दाबी उनले गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्