Shikhar Insurance

डीडीएमा इन्भेष्टमेन्ट भन्दा हिमालयन अब्बल, के हुन्छ मर्जर ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र १, आईतवार १०:४०
NIMB
Nabil Bank

काठमाडौं । मर्जरका लागि डीडीएस(सम्पति दायित्व मूल्यांकन) गराउँदा नेपाल इन्भेष्टमेन्ट बैंक भन्दा हिमालयन बैंक अब्बल देखिएको छ । श्रोतका अनुसार हिमालयन बैंकले २८४ अंक पाएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले २८१ अंक प्राप्त गरेको छ । डीडीएमा जति धेरै अंक प्राप्त भयो त्यति नै अब्बल मानिन्छ ।

डीडीए रिपोर्ट सोचे जस्तो नआएपछि मर्जरका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको ‘बार्गेनिङ पावर’ घटेको छ । यद्यपी एक बराबर एकको स्वाप रेसियोमा मर्ज गर्ने मोटामोटी सहमति भएको दुबै बैंकका उपल्लो नेतृत्वले बताउँदै आएको छ । दुबै बैंकको पहिचान समेटिने गरि नामाकरण गर्ने सहमति पनि भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंक सञ्चालक समितिको अध्यक्ष र सिईओका बारेमा भने अझै कुरा मिल्न सकिरहेको छैन् । हिमालयन बैंकका अध्यक्ष तुल्सि गौतम छन् । कर्मचारी सञ्चय कोषका प्रशासक रहेका गौतम पनि मर्जरपछि बन्ने ठूलो बाणिज्य बैंकको अध्यक्ष बन्न चाहान्छन् । उता, हिमालयन बैंककै सिईओ पनि एकिकृत बैंकको सिईओ बन्न चाहान्छन् ।

बैंकिङ क्षेत्रका हस्ति मानिने पृथ्वी बहादुर पाँडे पनि इन्भेष्टमेन्ट र हिमालयन मर्जरपछि बन्ने बैंकको अध्यक्ष बन्ने अवसर गुमाउने निचोडमा छैनन् । इन्भेष्टमेन्टका सिईओ ज्योति प्रकाश पाण्डे आफैं पनि सिइओ बन्न पाए हुन्थ्यो भन्ने सोचमा अडिक नै छन् ।

उता, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मर्जरका लागि विद्यमान कानुनले दिएको भन्दा अन्य सुबिधा थप्न नसकिने बताए ।
बैंकका लगानीकर्ताहरुले सञ्चालक समितिको संख्या बढाउनुपर्ने, उपाध्यक्षको व्यवस्था गर्नुपर्ने र दुई जना सिईओको सुविधा दिनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

‘हामीलाई कानुनले जे जे सुविधा दिनु भनेको छ, त्यो बाहेक अतिरिक्त सुविधा दिन सकिन्न’, राष्ट्र बैंक प्रवक्ता डा. भट्टले भने । पूर्व बैंकर अनलराज भट्टराईले मर्जरलाई स्वार्थहरुको व्यवस्थापनका रुपमा हेरिनु गलत भएको बताए । उनले व्यवसाय विस्तारका अवसरहरु खोज्न मर्जर प्रेरित हुनुपर्ने बताउँदै अघि भने–‘मर्जर भनेको लगानीकर्ता र व्यवस्थापन समुहका मानिसहरुको स्वार्थ व्यवस्थापनका रुपमा लिनुहुन्न’, पूर्व बैंकर भट्टराईले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्