Shikhar Insurance

उद्योग संगठन मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा प्याकुरेल, अरु को को आए ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र १, आईतवार ११:१८
NIMB
Nabil Bank

काठमाडौं । उद्योग संगठन मोरङमा सुयश प्याकुरेलको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न संगठनको ४८ औँ साधारणसभाले सुयस प्याकुरेललाई सर्व सम्मतिले अध्यक्षता चयन गरेको हो । बरिष्ठ उपाध्यक्ष बाहेकका सबै कार्य समिति पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रदीप मुरारका निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी राकेश सुरानाले ७५ मत ल्याउँदा मुरारका ७७ मत ल्याएर निर्वाचित भएका हुन् । कार्यसमितिको ३ उपाध्यक्षमा राजकुमार गोल्छा, नन्दकिशोर राठी र भोलेश्वर दुलाल चयन भएका छन् । कोषाध्यक्षमा भने विपिन काबरा निर्विरोध चयन भए ।

Citizen Life
Kumar Bank
Nepal Life

सदस्यहरुमा सुरेन्द्र गोल्छा, सुदीप घिमिरे, तारानाथ निरौला, सौरभ शारडा, सुबोध कोइराला, इन्द्र खत्री राजन, पारस लुनियाँ र सुनीलकुमार धनावत छानिएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्