Shikhar Insurance

महुली लघुवित्तले पनि एफपीओ जारी गर्ने, डाक्यो साधारण सभा

सिंहदरबार संवाददाता
२०७७ चैत्र १, आईतवार ११:४४
NIMB
Nabil Bank

काठमाडौं । महुली लघुवित्त वित्तिय संस्थाले पनि एफपीओ जारी गर्ने भएको छ । कम्पनीले चैत २५ गतेका लागि डाकेको साधारण सभाबाट एफपीओ जारी गर्ने निर्णय पास गराउँदैछ । फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७६।७७ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतल हुन आउने ३ करोड ७३ लाख २४ हजार बराबरको बोनस शेयर र १.०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५ सय १० रुपैयाँ बराबरको नगद लाभांश(कर प्रयोजनाका लागि) वितरण गर्ने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १८ करोड ६६ लाख २० हजार रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

चैत २५ गतेको साधारण सभाले लाभांश पास गर्नुका साथै प्रिमियम मूल्यमा एफपीओ जारी गर्ने निर्णय पनि पास गर्नेछ । नव किरण लघुवित्तलाई गाभेको महुलीले शेयर स्वाप मिलाउनका लागि एपपीओ गर्न लागिएको जनाएको छ । नवकिरण लघुवित्त र महुली लघुवित्त १००ः९५ शेयरको अनुपातमा एक आपसमा गाभिएका थिए ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ९ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्