Shikhar Insurance

ग्लोबल आइएमई बैंकको ३ अर्बको डिबेञ्चर आजदेखि, प्रतिफल ८.५० प्रतिशत

सिंहदरबार संवाददाता
२०७७ चैत्र १, आईतवार १२:२६
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चैत १ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर बिक्रि खुला गरेको छ । १० वर्ष अवधीको डिबेञ्चरका लगानीकर्ताले ८.५० प्रतिशत प्रतिफल पाउनेछन् ।

बैंकले प्रति इकाई एक हजार रुपैयाँ दरका डिबेञ्चरको कुल निष्काशनमध्ये एक अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बाँकी रहेको १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्रका इकाई सर्वसाधारणमा आउनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सर्वसाधारणलाई निष्काशन गरिनेमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । ११ लाख ४० हजार इकाई खरीदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले अर्ध बार्षिक रुपले ब्याज भुक्तानी पाउनेछन् ।

डिबेञ्चरलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एल ए माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्