Shikhar Insurance

नागढुङ्गा–कलङ्की सडकखण्डमा ५० लाख रुपैयाँको वृक्षरोपण गरिने

सिंहदरबार संवाददाता
२०७७ चैत्र १, आईतवार २२:१५
NIMB
Nabil Bank

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा वृक्षरोपण गरिने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले हरियाली र नमूना नगरपालिका निर्माणका लागि राजमार्गको बीच भागमा वृक्षरोपण गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुङ्गा–कलङ्की सडकखण्डमा बोटबिरुवा र फूलहरु रोप्नका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा ५० लाख रकम विनियोजन गरेको राससलाई जानकारी दिए । “देशको राजधानी भित्रिने मुख्य राजमार्गलाई नमूना राजमार्ग बनाउनका लागि बिरुवा रोप्ने र तारजाली हाल्ने काम शुरु गर्न लागेका छौँ”, उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै चन्द्रागिरिले नागढुङ्गा–कलङ्की सडकखण्ड सरसफाइका लागि २० लाख रकम विनियोजन गरेको छ । सडक सरसफाइ र बोटबिरुवा संरक्षणका लागि सो नगरपालिकाले उक्त रकम विनियोजन गरेको छ । चन्द्रागिरिमा हुने अपराध नियन्त्रणका लागि एक करोड लागतमा ६८ वटा अत्याधुनिक सिसी क्यामरा जडान गरेको सो नगरपालिकाले पिपलामोडदेखि कलङ्कीसम्म ७०० वटा सडक बत्ती जडान गर्न लागेको छ ।

चन्द्रागिरिले सडकबत्ती जडानका लागि चालू आर्थिक वर्षमा एक करोड रकम विनियोजन गरेको छ । यसअघि नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माण गरी बिरामीलाई अस्पताल आउन सहजताका लागि एम्बुलेन्ससमेत खरीद गरिसकेको छ भने चन्द्रागिरिभित्र हुने आगलागीका घटना नियन्त्रणका लागि दमकल पनि खरीद गरी सञ्चालनमा ल्याइसकेको छ ।

चन्द्रागिरिले चालू आवभित्रै नगर प्रहरी राख्ने तयारी थालेको छ । चन्द्रागिरि नगरपालिका काठमाडौँ उपत्यकाभित्रको सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा रहेका १५ वडामध्ये १२ वडा राजमार्ग क्षेत्रमा पर्दछन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्