Shikhar Insurance

काँग्रेस, माओवादी र जसपा सहमति नजिक, देउवालाई प्रधानमन्त्री बनाउने

सिंहदरबार संवाददाता
२०७७ चैत्र २, सोमबार २०:११
NIMB
Nabil Bank

काठमाडौं । सत्ता समिकरणका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी सहमति नजिक पुगेका छन् । पटक पटकको छलफलपछि काँग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरि प्रधानमन्त्री केपी ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमति नजिक पुगेका हुन् ।

यी तीन दलबीच द्धिपक्षिय र त्रिपक्षिय छलफल निरन्तर जारी छ । तीन दलबीच सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रालय बाडफाँट लगायतका विषयमा समेत मोटामोटी सहमति बनेको श्रोतले बतयो । ‘तीन दलबीच सत्ता साँझेदारीबारे मोटामोटी सहमति भएको छ, छिट्टै लिखित सम्झौता हुनेछ र ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ’, श्रोतले भन्यो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेकपा(एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टीलाई फुटाएरै भए पनि सत्ता जोगाउने प्रयास गरिरहेका छन् । तर जनता समाजवादी फुटेर पनि ओलीले बहुमत कायम गर्न नसक्ने अवस्था बनेपछि अन्ततः जसपाले देउवाको नेतृत्व स्वीकार गर्ने वातावरण बनेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्