Shikhar Insurance

नयाँ टिम सेट गर्दै गभर्नरः ९ कार्यकारी र २ निर्देशकको सरुवा

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३, मंगलवार १३:५८
NIMB
Nabil Bank

काठमाडौं । गभर्नर नियुक्त भएको करिब एक वर्षपछि महाप्रसाद अधिकरीले राष्ट्र बैंक भित्र टिम सेट गरेका छन् । २०७६ चैत २४ गते नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर बनेका अधिकारीले पहिलो पटक कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । अधिकारीले ९ जना कार्यकारी निर्देशक र २ जना निर्देशकको सरुवा गरेका हुन् ।

दुई जना निर्देशकलाई भने कायम मुकायम कार्यकारीको जिम्मेवारी दिएर पदस्थापन गरिएको छ । कार्यकारी निर्देशकद्धय निलम ढुंगाना र बम बहादुर मिश्र डेपुटी गभर्नर बनेपछि उनीहरुको ठाउँमा क्रमशः दयाराम शर्मा पंगेनी र तुल्सि प्रसाद घिमिरेले काय मुकायम कार्यकारीको जिम्मेवारी पाएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टलाई बैंक सुपरिवेक्षण विभाग पठाईएको छ भने सो विभागमा रहेका मुकुन्द क्षेत्रीलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ । विकास बैंक सुपरिवेक्षणमा रहेका ऋषिकेश भट्टलाई सम्पती तथा सेवा व्यवस्थापन विभाग पठाईएको छ । वित्त व्यवस्थापन विभागका प्रदीपराज पौड्यालले विकास बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी पाएका छन् ।

बैंकिङ विभागमा रहेका नरेश शाक्यलाई राष्ट्र ऋण व्यवस्थापन विभागमा पठाईएको छ ।बैंकिङ विभागमा भने संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग प्रमुख रहेका राम बहादुर मानन्धरलाई सरुवा गरिएको छ ।

सम्पती तथा सेवा व्यवस्थापन विभागमा रहेका सुमन कुमार अधिकारीलाई लघुवित्त संस्था सुपरिवेक्षण र जनशक्ति विभागका रामु पौडेललाई विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी दिईएको छ । लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेर अर्थमन्त्रायलमा आर्थिक सल्लाहकार बनेका डा. प्रकाश कुमार श्रेष्ठले अनुसन्धान विभागको जिम्मा पाएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्