Shikhar Insurance

विदेश जाने ७५ प्रतिशतले घटे, नेपाल भित्रिने पैसा ११ प्रतिशतले बढ्यो, कसरी ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र ३, मंगलवार १९:०८
NIMB
Nabil Bank

काठमाडौं । विदेशीने नेपालीको संख्या बढेपनि नेपालले प्राप्त गर्ने रेमिट्यान्स (विप्रेषण आप्रवाह) भने बढेको छ । चालु आर्थिक वर्षको ७ महिनामा नेपालले ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको हो ।

प्राप्त रेमिट्यान्स गत वर्षको यही अवधि (माघ मसान्तसम्म)भन्दा १०.९ प्रतिशत बढी हो । गत आवको माघ मसान्तसम्म रेमिट्यान्स ०.७ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स वृद्धिदर ६.७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

वैदेशिक रोजगारीमा जाने नयाँ मान्छेको संख्या भने घटेको छ ।

७ महिनाको अवधिमा समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेकामा यो वर्ष ६७.४ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई ६ खर्ब २९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्