Shikhar Insurance

राष्ट्रिय वाणिज्य बैंकले व्यवसायिक कर्जाको ब्याजदर घटायो

सिंहदरबार संवाददाता
२०७७ चैत्र ४, बुधबार १०:५०
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७७ चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालु पुुँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ । बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो ।

बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालुपूँजी जस्ता व्यवसायिक कर्जा प्रवाह गरिरहेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर बृद्धि गरेको छ । बैंकको ७७ वटै जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्