Shikhar Insurance

अध्ययन समितिले प्रतिवेदन बुझायो, पाउँलान त नयाँ ‘रि’ले लाइसेन्स ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र ४, बुधबार ११:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा पुनर्बीमा व्यवसाय र नयाँ कम्पनीको सम्भावना खोज्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । बीमा विज्ञ भोजराज शर्मा नेतृत्वको समितिले चैत ३ गते नै बीमा समिति अध्यक्ष सुर्य प्रसाद सिलवाललाई प्रतिवेदन बुझाएको हो ।

समितिले फागुन १५ गते बीमा विज्ञ शर्माको नेतृत्वमा बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे र चाटर्ड एकाउन्टेण्ट सुजन आचार्य सदस्य रहेको अध्ययन समिति गठन गरेको थियो ।

Citizen Life
Kumar Bank

‘अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ, अब सो प्रतिवेदनको थप अध्ययन गरेर आवश्यकता अनुसार कार्यान्वयन गर्नेछौं ।’, बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले सिंहदरबारसँग भने ।

श्रोतका अनुसार नेपाल पुनर्बीमा कम्पनीले आफ्नो भूमिका राम्रोसँग ननिभाएकाले एउटा विकल्प खोजिनु पर्ने सम्भावनालाई समितिको प्रतिवेदनले उजागर गरेको छ । अहिले काम गरिरहेका पुनर्बीमा कम्पनीको शसक्तिकरणमा समेत जोड दिएको अध्ययन प्रतिवेदनदले कम्तिमा एउटा कम्पनी थपेर जान सकिने सम्भावनालाई पनि स्वीकार गरेको छ । हालको पुनर्बीमा कम्पनीमा देशभित्रका जीवन तथा निर्जिवन बीमा कम्पनीहरुले २० प्रतिशत पुनर्बीमा गराउनै पर्ने व्यवस्था छ ।

चार वटा कम्पनी के गर्छन् ?
हाल अन्नपुर्ण रि, काठमाडौं रि, प्रुरुडेन्सियल रि र जेन्युइन रिले लाइसेन्सका लागि तयारी गरिरहेका छन् । समितिले भने सार्वजनिक आव्हान गर्ने र आवेदन दिएका कम्पनीहरुलाई एउटा भएर आउन भन्ने तयारी गरेको श्रोत बताउँछ । अर्थमन्त्री बिष्णु पौडेलले सत्ता छाड्नु अघि नै एउटा पुनर्बीमा कम्पनी थप्न चाहेको श्रोत बताउँछ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्