Shikhar Insurance

माधव समुहको निष्कर्षः ओलीसँग नझुक्ने

सिंहदरबार संवाददाता
२०७७ चैत्र ४, बुधबार १९:४२
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग नझुक्ने निष्कर्ष निकालेको छ । राजधानीमा जारी दुई दिने राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालले ओलीका गलत कदमहरुको प्रतिवाद गरिरहने र नझुक्ने बताएका हुन् ।

भेलामा बरिष्ठ नेता नेपालले राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले कम्युनिष्ट आन्दोदन र नेकपा(एमाले)लाई नै समाप्त पार्ने अभियान चलाएको बताए । भेलामा सहभागीहरुले ओली प्रवृत्ति विरुद्ध जुध्दै पार्टी एकता जोगाउने अभियानमा लाग्नुपर्ने धारणा राखिरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्ता छन् १३ बुँदे आगामी कार्ययोजना

–नेकपा एमाले र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने ।

–२०७५ जेष्ठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनको पुनः स्थापना ।
–सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभागहरुको पुनः स्थापना गर्ने ।
– विधिविधानको पुनः स्थापना र विकास गर्ने ।
– नवौ महाधिवेशनको कार्यदिशाको स्थापना गर्ने ।
– नवौँ महाधिवेशनपछि उत्पन्न भएका सबै विवादको विधिसम्मत समाधान गर्ने ।

–आगामी दिनमा कम्युनिष्ट पार्टीको विजयको तयारी गर्ने ।
–केपी ओलीका गल्तीका कारण उनले राजीनामा गर्नुपर्ने ।

–कार्यवाहक नेतृत्वको तयारी गर्ने ।

–गुटका निर्णयहरु खारेज गर्ने ।

–पार्टीलाई पुर्वावस्थामा फर्काउने र जेष्ठ २ गतेको अवस्थामा लैजाने ।

– नवौँ महाधिवेशनको निर्णय र विधानको अवस्थामा लैजानुपर्ने ।

–पार्टीलाई एकता, पुनर्गठन र रुपान्तरणको दिशामा लैजानुपर्ने ।

–पार्टीलाई नेपाली समाजवादको दिशातर्फ अगाडि बढाउनुपर्ने ।

GBIME

प्रतिक्रिया दिनुहोस्