Shikhar Insurance

एनसीसी बैंकको ३ अर्बको ऋणपत्र चैत १३ देखि, ९.५ प्रतिशतको आकर्षक प्रतिफल

सिंहदरबार संवाददाता
२०७७ चैत्र ५, बिहीबार १०:०९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र चैत १३ गतेदेखि निष्काशन गर्ने भएको छ । चैत १८ गतेसम्म आवेदन दिन सकिने ऋणपत्रले ९.५ प्रतिशतको आकर्षक प्रतिफल दिनेछ ।

२०८६ साल परिपक्क हुने ऋणपत्रको प्रति ईकाई मूल्य एक हजार रुपैयाँ छ । न्युनतम २५ र अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ । यो ऋण पत्रको प्रतिफल हरेक ६।६ महिनामा प्राप्त हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कुल निष्काशनमध्ये १२ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोष र सर्वसाधारणलाई बिक्री गर्ने छ। यसमध्ये पनि ६० हजार कित्ता सामूहिक लगानी कोषले पाउने छन्। बाँकी १८ लाख कित्ता संघसंस्थाहरुलाई बिक्री गर्ने छ।

GBIME

प्रतिक्रिया दिनुहोस्