Shikhar Insurance

हतारमा लगानी सम्मेलन गर्दा प्रतिफल आएन्ः अध्यक्ष गोल्छा

सिंहदरबार संवाददाता
२०७७ चैत्र ५, बिहीबार १९:५४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाको पूर्ण तयारी गरेर लगानी सम्मेलनको आयोजना हुनसके त्यसबाट उचित प्रतिफल प्राप्त हुने बताएका छन् ।

उनले भने, “तयारी नगरी लगानी सम्मेलनलगायतका कार्यक्रम आयोजना गर्दा त्यो अपेक्षाकृत सफल हुन सकेको छैन, अब तयारी आयोजनासहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरी काम गर्नुपर्छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

अन्तरराष्ट्रिय लगानी प्रवद्र्धन समिति विस्तार समारोहलाई सम्बोधन गर्दै उनले लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युत्मा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छाडेर हेर्ने हो भने अपेक्षितरूपमा विदेशी लगानी आउन नसकेको यथार्थ चित्रण गरे ।

महासङ्घले भारत, चीनलगायतका बाह्य लगानी आउनसक्ने देशका यहाँस्थित दूतावाससँग पनि यस विषयमा छलफल अगाडि बढाइएको उनले जानकारी दिए । अध्यक्ष गोल्छाले भने, “नेपालमा कुन क्षेत्रमा विदेशी लगानी खुला गर्ने र कुन क्षेत्रमा नगर्ने भन्ने विषयमा पनि निकै धेरै गृहकार्य जरूरी छ ।”

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र प्रत्यक्ष विदेशी लगानी आकर्षण हुन नसक्नुका कारणको गहिरो अध्ययन जरुरी रहेको बताए । महासङ्घका कार्यकारिणी समितिका सदस्य आनन्दकुमार बगाडियाको सभापतित्वमा गठित उक्त समिति विस्तार गरिएको छ । समितिका सदस्यमा शक्तिकुमार बेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समीर शर्मा, समीक्षा राई, दिलीप अग्रवाल र दिपीका श्रेष्ठलगायत छन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्