Shikhar Insurance

हिमालयनसँग मर्जरमा जाने इन्भेस्टमेन्ट बैंकको निर्णय, अध्यक्ष पाँडे, सीईओ राणा

सिंहदरबार संवाददाता
२०७७ चैत्र ६, शुक्रबार ०९:३१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकको सञ्चालक समितिले हिमालयन बैंकसँग मर्जरमा जाने निर्णय गरेको छ । श्रोतका अनुसार मंगलबार बसेको बैंक सञ्चालक समिति बैठकले मर्जरका लागि एमओयू गर्ने  निर्णय गरेको हो ।

डीडीए रिपोर्ट अनुसार दुई बैंक मर्जमा जाँदा एक बराबर एकको स्वाप रेसियो कायम हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

स्रोतका अनुसार नयाँ बैंकको सञ्चालक समिति अध्यक्षमा पृथ्वी बहादुर पाँडे र सीईओ अशोक राणा हुनेछन् । ज्योतीप्रकाश पाण्डे भने डेपुटी सीईओ रहने छन ।

डिडिए रिपोर्टमा हिमालयनको २८४ र इन्भेस्टमेन्टको २८१ अङक आएको थियो । यता हिमालयनमा भएको पाकिस्तानको हबिब बैंकको सेयर भने कर्मचारी सञ्चय कोषले किन्ने भएको छ ।

इन्भेस्टमेन्ट बैंकमा मर्जरबारे खासै समस्या नभए पनि हिमालयनमा भने पद सम्बन्धी केही अन्योल रहेको पनि श्रोतले बतायो । हिमालयन बैंकको सञ्चालक समिति बैठक सोमबार बस्दैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्