Shikhar Insurance

युवा संघको राष्ट्रिय भेला चैत ७ गते, नयाँ नेतृत्व छान्ने

सिंहदरबार संवाददाता
२०७७ चैत्र ६, शुक्रबार १५:०६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एमाले) माधव नेपाल निकट युवा संघले चैत ७ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ । एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्ने भेलाले नयाँ कार्य समिति चयन गर्नेछ ।

संघले महासचिव नरेश शाहीको नेतृत्वमा भेला आयोजक समिति बनाएको छ । भेलाले नयाँ राजनीतिक घट्ना क्रम र पार्टी भित्रको आन्तरिक संघर्षलाई मध्यनजर गर्दै नयाँ कार्य समिति चयन गर्नेछ । सर्वाेच्च अदालतले नेकपाको एकतालाई अबैध भनेपछि एमाले र माआवादी केन्द्र ब्युतिएका छन् । दुबै पार्टीले आ आफ्ना पुराना संगठन ब्युताईरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

एमालेमा अध्यक्ष केपी ओलीले एकलौटी रुपमा सांगठनिक गतिबिधी अघि बढाएपछि नेपाल समुहले पनि सबै संगठनमा नेतृत्व चयन गर्न थालेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्