Shikhar Insurance

गाडी ल्याएर बेच्ने र प्रदुषण बढाउने होइन, अब आफैं बनाउनुस्

केपी शर्मा ओली
२०७७ चैत्र ७, शनिबार ०८:००
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीहरुलाई विदेशमा बनेका गाडी ल्याएर बेच्ने, प्रदुषण बढाउने काम छाडेर आफैं गाडी बनाउने तर्फ लाग्न अनुरोध गरेका छन् । बालुवाटारमा उद्योगी व्यवसायीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले नेपालमै गाडी बनाउन के के सुबिधा चाहिने हो, त्यो आफुले उपलब्ध गराउने पनि बताए ।

ओलीले २० वर्षपछि गाडी फ्याक्ने व्यवस्था रहेको तर गाडी बनाउने उद्योग त्यसरी नमासिने भन्दै विद्युतिय सवारी साधनको उत्पादनमा तत्काल ध्यान दिन अनुरोध पनि गरे । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श आवद्ध उद्योगी व्यवसायीहरुसँगको छलफलमा ओलीले निजी क्षेत्र नै अर्थतन्त्रको असली संवाहक भएको पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

ओलीले व्यक्त गरेको विचारको सम्पादित अंश
अर्थतन्त्र विकृृत नहोस, सङलो भएर जाओस् । राजनीति पनि भाँडभैलो नहोस् । खाडीमा मान्छे हामीले पठाएको होइन, द्धन्द्धले मान्छेलाई विदेश पठाएको हो । साहुजीहरुको त उद्योग डुब्दा पनि केहि डिपोजिट थियो होला, मजदुर त उद्योग बन्द भएपछि विदेशीनुको विकल्पै थिएन् । देशमा हिंसाको वातावरण बनेपछि नेपाली विदेशिन बाध्य भएका थिए । उद्योग कलकारखाना बन्द भएपछि विदेशीएका हुन् ।

हाम्रो कृषि, उद्योग, पर्यटन, पूर्वाधार, शिक्षा। स्वास्थ्य लगायतका क्षेत्रमा व्यापक काम गरेर समृद्ध नेपाल, सुखी नेपाली बनाउन लागि पर्नुपर्छ । तपाईहरु जो जो जहाँ जहाँ हो त्यतिबाट लाग्नुस् । जीडीपीका आधारमा देशको विकासलाई मापन गर्ने ठाउँमा म छैन् । देशका कोहि पनि नागरिक पछाडी पर्नुहुन्न । सबैको जीवनस्तर उठेका दिन देश समृद्ध भएको मानिन्छ ।

हामी किनेर उपभोग गर्ने परिपाटीबाट माथि उठ्नु पर्छ । आयात प्रतिस्थापन गरौं । निर्यात वृद्धि गरौं । गाडी ल्याएर धेरै नचडौं । नेपालमा उत्पादन गर्ने कुरा गरौं । अत्यावश्वक कच्चा पदार्थ बाहिरबाट ल्याऔं । २० वर्ष पुराना गाडी हटाउँदैछौं । अहिले भएका गाडी पनि २० वर्ष पछि फ्याक्ने हो । अब गाडी उद्योग खोल्नुस् । विद्युतिय गाडी उद्योग खोल्नुस् । उद्योग त २० वर्षपछि पनि बन्द गर्नुपर्दैन् ।

देशमा उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य क्षेत्रमा के के समस्या छन् र के के गर्नुपर्छ ? मलाई थाहा छ । निजी क्षेत्रलाई सरकारले हेर्दैन की भन्ने नसोच्नुस् । अर्थतन्त्रमा निजी क्षेत्र नै प्रधान हो । सरकार र निजी क्षेत्र एउटै हो । किसान पनि निजी क्षेत्रकै अंग हो । निजी क्षेत्रको महत्वलाई बुझेर नै सरकारले काम गरिरहेको छ ।

पैसा तपाईहरुले कमाउने हो, कमाउनुस भनेर मै कराईरहेको छु । तपाईहरुलाई करदाताका रुपमा मात्रै हेर्दैनौं । रोजगारी सृजना, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धनका हिसाबले पनि तपाईहरुलाई लिन्छौं ।

GBIME

प्रतिक्रिया दिनुहोस्