Shikhar Insurance

कोरोनाले बढायो परनिर्भरता : आर्थिक गतिविधि बिथोलिँदा अघिल्लो वर्षको भन्दा बढी आयात

सिंहदरबार संवाददाता
२०७७ चैत्र ७, शनिबार ११:००
NIMB
Nabil Bank

काठमाडौं । कोरोनाले ग्रसित पारेकै बेला अघिल्लो वर्षको भन्दा बढी आयात भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा गत आवको ८ महिनाको भन्दा बढी आयात भएको हो ।

चालु आवको पहिलो ६ महिना कोरोनाको कारण आर्थिक गतिविधि ठप्प थियो । अहिले अर्थतन्त्र विस्तारै लयमा आउन लागेको देखिएको छ । सरकारका अनुसार चालु आवको पहिलो त्रैमासको आर्थिक गतिविधि अघिल्लो वर्षको भन्दा खुम्चिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

जबकि अघिल्लो आर्थिक वर्ष अर्थतन्त्र राम्रै लयमा अघि बढेको बताइएको थियो । तर, कोरोना भाइरसले प्रभावित पारेकै वर्ष आयातको तथ्यांकले बढी विदेशी वस्तु खपत भएको देखाएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ । विभागका अनुसार गत आवको फागुन मसान्तसम्म ९ खर्ब २४ अर्ब २४ करोड रुपैयाँको आयात भएको थियो । यस अवधिमा निर्यात ७.८४ प्रतिशतले बढेको छ ।

गत आवको फागुन मसान्तसम्म ७४ अर्ब ९० करोडको निर्यात भएकामा चालु आवको फागुनसम्म ८० अर्ब ७७ करोडको निर्यात भएको छ ।

आयात बढिरहँदा नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । व्यापार घाटा गत आवको यही अवधिभन्दा १.६३ प्रतिशतले चुलिएको हो ।

यस अवधिमा सबैभन्दा बढी आयात डिजेल भएको छ । यस्तै, स्टिलको कच्चापदार्थ, मोबाइल फोन, भटमासको कच्चा तेल, एलपी ग्यास, पेट्रोल, कोइला, चामल तथा सुन आयात शीर्ष १० मा छन् ।

सबैभन्दा बढी भटमासको प्रशोधित तेल निर्यात भएको छ । यस अवधिमा २३ अर्बभन्दा बढीको भटमासको तेल निर्यात भएको हो । यस्तै, अलैँची, कार्पेट, चिया, कपडालगायत नेपालका शीर्ष निर्यात हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्