Shikhar Insurance

निफ्राले भन्योः लण्डन स्टकमा बण्ड जारी हुन्छ, ८ प्रतिशत लाभांश दिने पनि भनेकै थियौं

सिंहदरबार संवाददाता
२०७७ चैत्र ८, आईतवार १२:०१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पछिल्लो समय चर्चामा आएका सबै विषय पुरानै भएको बताएको छ । नेप्सेले मागेको स्पष्टीकरण पेस गर्दै निफ्राले लण्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको बन्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको स्पष्ट पारेको हो । साथै निफ्राले आईपीओ जारी गर्दाको विवरण पत्रमै चालु आर्थिक वर्षमा ८ प्रतिशत लाभांश वितरण गर्ने उल्लेख गरिएको तर सो सम्बन्धमा बैंक सञ्चालक समितिले केहि प्रक्रिया भने आरम्भ नगरेको पनि स्पष्ट पारेको छ ।

कम्पनीले सेयर मूल्य प्रभावित पार्ने कुनै पनि बिषय बाहिर नल्याएको र बाहिर ल्याईएका सबै बिषय पुरानौ भएको दावी गरेको हो । निफ्राले बैंकहरु र इन्स्योरेन्स कम्पनीहरुका लागि पनि छुट्टा छुट्टै बण्ड जारी गर्ने तयारी गरेको पनि थप स्पष्ट पारेको छ । साथै कम्पनीमा संस्थागत लगानीकर्ता भित्र्याउने प्रक्रियाका लागि अध्ययन अघि बढाईएको जानकारी पनि दिएको छ ।
निफ्राले सेयर मूल्यलाई प्रभावित पार्न सक्ने विषयहरुमा कम्पनी सचेत रहेको प्रष्टिकरण समेत दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

यस्तो छ, निफ्राको स्पष्टीकरण :

GBIME

प्रतिक्रिया दिनुहोस्